भरतपुरमा ह`त्या भएका युवा कांग्रेस बागमती प्रदेश प्रतिनिधि

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ मा ह`त्या भएका युवा नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि रहेको कांग्रेस चितवनले बताएको छ।
आइतबार बेलुकी करिब ७:३० बजे कृष्णपुर खेलमैदान नजिक अज्ञात समूहले धा`रिलो ह`तियार प्र`हार गरी अनिल परियारको ह`त्या भएको थियो।
परियारको शरीरका विभिन्न ठाउँमा छु`री प्र“हार भएको थियो। उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृ`त घोषणा गरेका थिए।
कांग्रेस चितवन सभापति राजेश्वर खनालले आज प्रेस विज्ञप्ति जारी गर्दै धा`रिलो ह`तियार प्र`हार गरी अनिलको ह`त्या भएकोप्रति ग`म्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
‘निर्वाचनको प्रचारप्रसारमा खटिरहेका एक युवामाथि सुनियोजित तरिकाले सांघातिक आ`क्रमण गरी निर्मम तरिकाले ह`त्या भएको घटनाले कांग्रेस चितवनलाई स्तब्ध एवं मर्माहित तुल्याएको छ,’ उनले भनेका छन्, ‘घ`टनाप्रति कांग्रेस चितवन खेद प्रकट गर्दै यथाशीघ्र सत्यतथ्य पत्ता लगाई दो`षीमाथि कडाभन्दा कडा सजाय गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं।’
साथै यस घ`टनाबाट सिर्जना हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार स्वयम प्रशासन हुने पनि सभापति खनालले निकालेको विज्ञप्तिमा उल्लेख छ। प्रहरीले भने घ`टनामा संलग्न समूहको खोजी भइरहेको बताएको छ।
