आफैँले पालेको राँगाले हान्दा बुबाको मृ`त्यु छोरि घा`ईते


 



सुन्दरबजार नगरपालिका–४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हान्दा मृ`त्यु भएको छ ।

 

राँगोले हानेर  ग`म्भीर घा`इते उनको बेँसीशहर स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा बाटोमै मृ`त्यु भएको जनाइएको छ ।

 




जिल्ला प्र`हरी कार्यालयका प्र`हरी निरीक्षक जगदीश रेग्मीका अनुसार  राँगाले शनिबार खुमबहादुरकी १९ वर्षीया छोरी रविनालाई समेत घा`इते बनाएको थियो । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

 

थप घ`टना हुन नदिनका लागि प्रहरीले राँगोलाई गो`ली हानेर मारिएको छ । सो राँगोले केही दिनअघिबाटै दिमाग ठीक नभएको सङ्केत गरे पनि आफैँले पालेको राँगोले केही नगर्ला भनेर राँगो समात्न जाँदा सो घ`टना हुन पुगेको स्थानीयवासीको भनाइ छ ।

 



सम्बन्धित
Loading...