मोटरसाइकल जलाएको आरोपमा दुई जना पक्राउ


 



पश्चिम रुकुमको आठबीसकोटमा कांग्रेस कार्यकर्ताको मोटरसाइकल आगजनी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरीका अन्सुअर आठबिसकोट न.पा–१० घर भएका २३ वर्षीय विशाल ओली र १८ वर्षीय प्रेम प्रकाश ओलीलाई पक्राउ गरेको हो । उनीहरु माओवादी केन्द्र निकट वाईसीएल कार्यकर्ता हुन् ।

 




सोमबार आठबिसकोट नगरपािलका–१० मा झड हुँदा उनीहरुले कांग्रेसको चुनाव प्रचारमा प्रयोग गरिएको मोटरसाइकल जलाएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 

आइतबार पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकामा पनि झडप भएको थियो । झडपका क्रममा माओवादी कार्यकर्ताले त्रिवेणी गाउँपालिकाको अध्यक्षका उम्मेदवार अमर सिंह खड्काको गाडीमा तोडफोड गरेका थिए ।

 

खड्का सवार रा.१ ज १२६५ नम्बरको गाडी तोडफोड गरेको आरोपमा प्रहरीले ५० वर्षीय गणेश खड्कालाई पक्राउ गरेको छ ।

 

पक्राउ गरिएका आरोपीहरुबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

 



सम्बन्धित
Loading...