श्री`लंकामा सां`सदले प्र`दर्शनकारीको ह`त्या गरी, पछि आफै गो`ली हानि गरे आ`त्मह`त्या

श्रीलं`कामा सरकारका समर्थक र विपक्षीबीच भएको हिं`सात्मक झ`डपमा सत्तारुढ दलका एक सांसदको मृ`त्यु भएको छ ।
सत्तारुढ दलका सांसद अमरकीर्ति अथुकोरालाले सोमबार सरकार विरोधी प्रदर्शनकारीमाथि गो`ली चलाएर आफैलाई गो`ली हानेका छन् । कोलम्बोको बाहिरी क्षेत्रमा घ`टना भएको हो ।
समाचार एजेन्सी एएफपीका अनुसार अमरकीर्तिले निताम्बुआमा आफ्नो कार रोक्न खोजिरहेका दुई व्यक्तिमाथि गो`ली चलाएका थिए । गो`ली लागेर एक जनाको मृ`त्यु भयो ।
त्यसपछि जनताको आ`क्रोशबाट बच्न सांसदले नजिकैको भवनमा लुक्ने प्रयास गरे । तर आ`क्रोशित मानिसहरूले पूरै भवनलाई घेरा हालेका थिए। मानिसले घेरेको देखेर सांसदले आफैँलाई गो`ली हानेका थिए, जसका कारण उनको मृ`त्यु भएको थियो ।
श्रीलं`कामा सोमबारदेखि सरकार समर्थक र विपक्षीबीच झ`डप सुरु भएको छ । कोलम्बोमा भएको झ`डपमा १३८ जना घा`इते भएका छन् ।
उनलाई कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ । सरकार समर्थकहरूले आ`न्दोलनकारीमाथि आ`क्रमण गरेपछि हिं`सा सुरु भएको हो ।