गैँडाकोटमा रक्सी पिएर ट्रकमुनि सुतेका एक पुरुषको ट्रकले किचेर मृ`त्यु

गैँडाकोट । पूर्वी नवलपुरको गैँडाकोटमा ट्रकले किचेर एक पुरुषको मृ`त्यु भएको छ ।
पूर्वी नवलपुरको गैँडाकोट २ भृकुटीचोकमा राजमार्ग छेउमा रोकिराखेको ना ३ ख १८९ नम्बरको ट्रकमुनि सुतिरहेका पुरुषलाई ट्रकले किचेको हो ।
मृ`त्यु हुनेमा गैडाकोट ५ निवासी ४२ वर्षिय नवराज रेग्मी रहेका छन् ।
उक्त ट्रकमुनि सुतिरहेका उनलाई ट्रकको पछाडीको पांग्राले किचेको जिल्ला प्र`हरी कार्यलय नवलपुरका प्र`हरी नायब उपरिक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।
उनको श`व भरतपुर अस्पतालमा राखिएको छ । घ`टनाको बिषयमा थप अ`नुसन्धान जारी छ ।
स्थानीयका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सो ट्रक राजमार्ग छेउमा रोकिराखेको थियो । मा`दक प`दार्थ सेवन गरेका उक्त व्यक्ति ट्रकमुनि सुतिरहेका थिए ।
चालक तथा सह चालकले ख्याल नगर्दा उक्त दुर्घटना हुन पुगेको स्थानीयको भनाइ छ ।