सवारी दुर्घटनामा दुईजनाको मृत्यु

दाङमा सवारी दु’र्घटनामा परी सोमबार गम्भीर घाइते भएका दुईजनाको आज उपचारका क्रममा मृ<त्यु भएको छ ।
मृ>त्यु हुनेमा गढवा गाउँपालिका–६ निवासी २० वर्षीय अरुण चौधरी र सोही स्थानका २३ वर्षीय सुरज चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
घा”इते दुवैलाई लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको थियो । उपचारका क्रममा आज दुवैजनाको मृ’त्यु भएको बताइएको छ ।
सोमबार दिउँसो साढे १ बजे गढवाबाट लमहीतर्फ आउँदै गरेको रा६प ७३७९ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश०१–०२७च ००७७ नंको स्कार्पियोले गढवा गाउँपालिका–५ सिक्रहवामा एकापसमा ठो{क्किँदा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घा”इते भएका थिए ।
गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।