कावासोतीको हाटबजारमा बेवारिसे अवस्थामा शव फेला


 



नवलपुर ।




पूर्वी नवलपारासीको कावासातीमा बेवारिसे शव फेला परेको छ ।

 

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुुसार कावासोती नगरपालिका वार्ड नम्बर २ स्थित रहेको हाटबजार लाग्ने स्थानमा शव फेला परेको हो ।

 

प्रहरीका अनुसार मृत्यु हुनेमा सोही हाटबजारमा मागि खाने हाल नाम थर र बतन नखुलेको अन्दाजि ३५÷३६ वर्षको तराई मुलको जस्तो देखिने व्यक्ति रहेका छन् ।

 

प्रहरीले अचेत अवस्थामा एक व्यक्ति रहेको छ भन्ने सुचनाको आधारमा निजलाई मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगेको हो ।

 

उपचारको क्रममा अस्पतालले निजको मृत्यु भएको घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

 



सम्बन्धित
Loading...