टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृ”त्यु




नवलपरासी बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिका–१० नदुवाचोकमा बुधबार बेलुकी टिपरको ठ”क्करबाट मोटरसाइकल चालकको मृ<त्यु भएको छ ।

नम्बर नखुलेको टिपरले लु ४९ प ५३६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रामग्राम नगरपालिका–६ पोखरापाली बस्ने ४० वर्षीय हरिद्वार यादवको घटनास्थलमै मृ>त्यु भएको हो ।

टिपर सहित फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जानकारी दिएको छ ।

कलङ्की चोकमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

 

काठमाडौं महानगरपालिका–१४ कलङ्की चोकमा टिप्परको ठक्करबाट एक जनाको मृ”त्यु भएको छ ।

 

प्रहरी प्रधान कार्यालयका अनुसार बुधबार बा ५ ख ७३४५ नम्बरको टिप्परले बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिबेशी नगरपालिका–२ का ४५ वर्षीय दिवाकर अधिकारीको मृ:त्यु भएको हो ।

 

दु?र्घटनापछि टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता, ललितपुर महानगरपालिका–२४ घापाखेल बस्ने सिरहाका २६ वर्षीय भीम विकको करेन्ट लागेर मृ’त्यु भएको छ ।

 

सोही ठाउँ बस्ने नारायण घिमिरेको निर्माणाधीन तीन तले घरको माथिल्लो तलामा काम गर्ने क्रममा मंगलबार क?रेन्ट लागेर गम्भीर घा’इते भएका उनको उपचारका क्रममा पाटन अस्तपालमा मृ<त्यु भएको हो ।

 



सम्बन्धित
Loading...