स्थानीय चुनावको छेकोमा अमेरिकाबाट स्वदेश फर्किए पूर्व नवयुवराज हृदयेन्द्र शाह
काठमाडौं। पूर्व नवयुवराज हृदयेन्द्र शाह चुनावअघि अमेरिकाबाट फर्किएका छन्। अमेरिकामा उच्च शिक्षा अध्ययनरत शाह स्थानीय चुनावको छेकोमा स्वदेश फर्किएका हुन्। अमेरिकाको बोस्टनस्थित एक विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत उनी दिनअघि मात्रै नेपाल फर्किएको बताइएको छ।
यद्यपी उनी उनले मतदानमा भाग लिने सम्भावना भने न्यून रहेको बताइएको छ। पूर्वराजपरिवारका सदस्यहरुले अहिलेसम्म कुनै पनि चुनावमा मतदान गरेका छैनन् ।पूर्वराजाका दुई नातिनीहरु पूर्णिका र कृतिका भने थाइल्यान्डमा अध्ययनरत छन्।
साथमा यो पनि: मतदानको दिन पत्रकारलाई छुट्टै पास नचाहिने
काठमाडौं, २९ वैशाख -निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन समाचार संकलन तथा प्रशारणका लागि आवतजावत गर्न छुट्टै सवारी पास नचाहिने जानकारी दिएको छ।
आयोगले बिहीबार विज्ञप्ति जारी र पत्रकार सम्मेलनमार्फत सरकार तथा प्रदेश सरकारका आधिकारिक निकायबाट जारी भएका पत्रकार परिचय पत्रबाहकलाई छुट्टै सवारी पासविना आवतजावत गर्ने व्यवस्था गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको जानकारी दिएको हो।
साथै सरकारका आधिकारिक निकायबाट जारी भएका पत्रकार परिचय पत्र नभएकाको हकमा भने सम्बन्धित सञ्चार संस्थाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराउने व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।