मतदानपछि फर्किंदै गर्दा एक वृद्धको मृत्यु


काठमाडौं। बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिए ।



आज बिहान ८ बजे सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर उनी बेहोस भएका थिए । उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौं । आचार संहिता विपरित पैसा बाढ्दै गर्दा भीरकोट नगरपालिकाका उपप्रमुख, वडाअध्यक्ष पदका उम्मेदवार र बहालवाला अध्यक्ष वडा नं. ४ छाङ्छाङ्दीबाट बिहीबार राती पक्राउ परेका छन्।




भीरकोट नगरपालिकामा नेकपा एमालेका उम्मेदवार सरस्वती अधिकारी र वडाअध्यक्ष मेघनारायण ढुंगाना र बहालवाला अध्यक्ष चन्द्रबहादुर बस्नेत पैसा बाढ्दै गरेको अवस्थामा समातिएका कांग्रेसका नगरसभापति लक्ष्मण

अधिकारीले जानकारी दिए। उपप्रमुखका उम्मेदवार अधिकारी, अध्यक्ष उम्मेदवार मेघनारायण ढुंगाना तथा बहालावाला अध्यक्ष चन्द्रबहादुर बस्नेतलाई प्रहरीले पैसासँगै समातेको हो ।

रातको समयमा पैसामा बाढ्दै मत खरिद गर्न आएको भन्दै सोही वडाबासीले प्रहरीमा खबर गरेको बताइएको छ। उनीहरुका साथबाट ७३ हजार नगद र बिभिन्न बैंकका ७ वटा चेक बुकसमेत बरामद भएको प्रहरीले जनाएको

छ। कति रकम र चेक बाढियो भन्ने नखुलेको र सो बारेमा अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

शुक्रबार स्थानीय तहको निर्वाचनका लागि मतदान सुरु भैसकेको छ। भीरकोट नगरपालिका नेपाली कांग्रेसको बलियो पकड क्षेत्र हो। पकड क्षेत्रलाई प्रभावित बनाउन नेकपा एमालेले मत खरिदका लागि पैसाको चलखेल गर्दे आएको कांग्रेस सभापति अधिकारीको भनाइ छ।

 



सम्बन्धित
Loading...