१६ ठाउँमा झlडप, मतपेटिका तोlडफोडदेखि सेनाको ‘हस्तक्षेप’
काठमाडौं– स्थानीय तहको मतदान देशभर चलिरहँदा अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि केही स्थानमा भने झlडपका घlटनाहरु भएका छन्। केही स्थानमा भने प्रहरीले हवाई फाlयर नै गर्नुपर्ने अवस्था आएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म १६ भन्दा धेरै स्थानमा आपसी झlडप र विवाद देखिएको छ।
रामेछाप, दोलखा, ओखलढुङ्गा, सिन्धुपाल्चोक, हुम्ला, रुकुमपूर्व, काभ्रे र रौतहट लगायत क्षेत्रमा झडप भएको छ। सिन्धुपाल्चोकेको मेलम्ची नगरपालिको ज्यामिरेमा सेना नै परिचालन गरेर स्थिति नियन्त्रणमा लिएर मतदान पुन: सुरु गरियो भने रुकुमपूर्वको एक मतदान केन्द्रमा नेपाली कांग्रेसले मतदान नै बहिस्कार गरेको छ।

त्यस्तै, काभ्रेको चौंरीदेउराली गाउँपालिका–६ मा पनि केही बेर तनाव भयो। उक्त क्षेत्रमा मतदान क्षेत्र बाहिर रहेको मतपेटिका तोlडफोडसम्मको कार्य भयो। उक्त क्षेत्रमा अहिले सर्वदलीय बैठक बसेर सहमति गरेर मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्।
हुम्लाको चंखेली गाउँपालिका केन्द्र, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९ मिश्रभन्ज्याङको मतदान केन्द्र र रामेछापको दोरम्बा, शैलुङ र खाँडादेवी गाउँपालिका, गोरखाको घ्याल्चोक, सर्लाहीको धनकौलका मतदान केन्द्रमा हlवाई फाlयर गर्नु परेको छ ।
बाँकेको कोहलपुरमा माओवादी र एमाले कार्यकर्ताबीच खुlकुरी हाlनाहान भएको छ। खुlकुरी हाlनाहान हुँदा दुबै पक्षका एक/एक गरी दुईजना घाlइते भएका छन्।