नारायणी नदीमा पानीजहाज !
होमराज रानाभाट
कावासोती । नवलपरासी र चितवनको संगम नारायणी नदीमा पानीजहाज चलाउन सक्ने संभाब्यता अध्ययन भएपछि युवा ईन्जीनियरहरुले नारायणी नदीमा पानीजहाज (मोटरबोट) निर्माणको प्रकृया अघि बढाउन शुरु गरेका छन् ।
पूर्वी नेपालको विराटनगरका मेकानिकल ईन्जीनियरहरुले नारायणी नदीमा ठूलो क्षमताको पानीजहाज संचालन गर्न सकिने गरी नारायणी नदीमा पानीजहाज निर्माणका लागि समेत चासो देखाएका बिराटनगरका मेकानिकल ईन्जीनियर सुमन खत्रीले बताए ।
नेपालमा पहिलो पटक सप्तकोशीमा ३० जना क्षमता भएको पानीजहाज मेकानिकल ईन्जीनियर खत्रीको समूहमा रहेका मेकानिकल ईन्जीनियरहरुले निर्माण गरेर सफलता पूर्बक अहिले सप्तकोशीमा संचालन गरेपछि उक्त टोली नारायणी नदीमा पानी जहाज सञ्चालनमा लागेका हुन् ।
मेकानिकल ईन्जीनियर खत्रीका अनुसार नेपालको खोला नालासंग मिल्दो र सुहाउँदो पानीजहाज निर्माण भएकाले अहिले नेपालकै पहिलो पानीजहाज निर्माण आफनो समूहले गरे पछि यो देशै भरि चर्चाको बिषय बनेको उनको दावी छ ।
नेपालमा तयार पारिएको सो पानीजहाजको नाम एम टि (माउण्ट एभरेष्ट) ८८४८ नाम दिईएको छ ।
नारायणी नदीमा सभाब्यता अध्ययन गरि पानीजहाज चलाउन सकिने प्रशस्त आधारहरु रहेको र पानीजहाज निर्माण गरेर यहाँका सप्तकोशी, नारायणी, कर्णाली, गण्डकी लगायतका थुप्रै नदीहरुमा पानीजहाज चलाउन समस्या नपर्ने उनले बताए ।
नारायणी नदीमा देबघाटदेखि त्रिबेणीसम्म ठूलो क्षमताको पानीजहाज चलाउन सकिने सरकारी प्रतिबेदन आईसकेकाले नारायणी नदीमा दुई देखि तीन पmिट पानी हुँदासम्म पनि पानीजहाज चलाउन सकिने उनको भनाई छ ।
उक्त समूहले पानी जहाज निर्माण गरेको र सो पानीजहाज अहिले सप्तकोशी नदीको चतराबाट सिम्ले भोजपुरसम्म चल्ने गरेको अर्का मेकानिकल इन्जिनियर अभिषेक कार्कीले बताए ।
नारायणी नदीमा देबघाटदेखि भारतसम्म नै पानीजहाज चलाउन सकिने गरी यस अघि पनि सरकारी स्तरबाट सभांब्यता शुरु भैसकेको छ । सरकारले समेत यो नदीमा पानी जहाज चलाउन सक्ने प्रतिवेदन सार्वजनिक गरेको छ ।
पानीजहाज निर्माण गरेर सबै काम आफुहरुले गर्न सक्ने अर्का मेकानिकल ईन्जीनियर रोहित रिजालले बताए ।
नारायणी नदीमा तीन सय क्षमता भएको पानीजहाज चलाउन सकिने र त्यसको निर्माणको जिम्मेवारी आफुहरुलाई दिए काम समयमै सम्पन्न गरेर सरकारको लक्ष्यमा सहयोग पुग्न सक्ने मेकानिकल ईन्जीनियर लेखराम रिजालले बताए ।