कावासोती २ मा काँग्रेसको विजयी उत्सव, आधिकारिक मत परिणाम भने आएन


 



नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका २ मा नेपाली काँग्रेसले जित हात पारेको भन्दै विजयी उत्सव मनाइ सकेको भए पनि आधिकारिक मत परिणाम भने अझै आएको छैन ।

 

कावासोती नगरपालिका २ मा काँग्रेसका वडाध्यक्ष शिवप्रसाद पाण्डे सहित सबै प्यानल विजयी भएको भन्दै अहिले कावासोती नगरपालिका अगाडि र पार्टी कार्यालय रहेको विपी चोकमा काँग्रेसले अविर जात्रा गरेको छ ।

 




कावासोती २ को मत गणना सकिएको करिब ३ घण्टा भइसकेको छ । तर पनि मत गणनामा मत जोड्दा केही मत तलमाथि भएको र कावासोती २ मा एमालेका केही सदस्य विजयी भएको भन्दै एमालेका प्रतिनिधिहरुले दावी गरेपछि अन्तिम मत परिणाम सार्वजनिक नभएको हो ।

 

कावासोती २ को वडाध्यक्षमा शिव पाण्डेसहितको प्यानले जितेको भन्दै काँग्रेसका प्रतिनिधिहरुले उत्सव मनाइरहँदा एमालेको दुई महिला सदस्यले भने कावासोती २ मा जित हात पारेको एमालेको दावी छ ।

 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने अन्तिम मत परिणाम सार्वजनिक गरेको छैन ।
अहिले सम्म आधिकारिक मत परिणाम आएको कावासोती १ र १७ मा एमालेले जित हात पारेको छ । कावासोती १७ मा एमालेले अध्यक्ष सहित प्यानलै जितेको हो भने कावासोती १ मा अध्यक्ष र १ सदस्य एमालेले, एमालेकै चुनाव चिन्ह लिएर जनमुक्ति पार्टीले २ सदस्य र नेपाली काँग्रेसले १ सदस्य जितेको छ ।

 



सम्बन्धित
Loading...