चुनाव हारजितको विषयमा विवाद हुँदा गोली प्रहार, ११ जना पक्राउ


 



धनुषाको नगराइन नगरपालिका–८ मा चुनाव हार जितको विषयमा विवाद हुँदा गोली चलेको छ । काँग्रेस र एमाले समर्थक दाजुभाईको बिचमा विवाद हुँदा गोली चलेको हो ।

 

झगडामा संलग्न ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले  बताए। क्षेत्रीले भने–‘घटनास्थलबाट २ वटा पेस्तोल बरामद गरेका छौं ।’  चुनाव हारतिजको विषमा राजिव पासवान, धर्मेन्द्र पासवान र श्रीनारायण पासवानको बीचमा विवाद भएको थियो ।

 




झगडा गर्नेहरु पारिवारिक सदस्य हुन् । उनीहरुले ३ वटा पेस्तोल प्रदर्शन गरेका थिए । तर, प्रहरीले घटनास्थलबाट दुईवटा पेस्तोल बरामद गरेको छ ।

 

घटनास्थलमा फायर भएको एक राउण्ड गोलीको खोका भेटिएको डिएसपी क्षेत्रीले जानकारी दिए । आरोपीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

 



सम्बन्धित
Loading...