विनयी त्रिवेणीमा काँग्रेसलाई खतराको घण्टी, अध्यक्षमा मतअन्तर कम गर्दै एमाले, अपाध्यक्षमा एमालेको अग्रता

नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा एमाले र काँग्रेसबीचको मतअन्तर घट्दै गएको छ ।
विनयी त्रिवेणी ३, ४, ५, ६ र ७ नम्बर वडाको मतगणना सक्दासम्म नेपाली काँग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार डम्बर बहादुर जिसीले ५०८९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका घनश्याम गिरीले ५०४९ मत प्राप्त गरेका छन् । काँग्रेसका जिसीले जम्मा ४० मतले अग्रता कायम गरेका छन् । गाउँपालिका अध्यक्षमा राप्रपाका तिलक भट्टराईले १४५९ मत प्राप्त गरेका छन् ।
गाउँपालिकामा उपाध्यक्षमा भने नेकपा एमालेकी भगवती बैदवार क्षेत्रीले अग्रता लिएकी छिन् । उपाध्यक्षमा एमालेकी क्षेत्रीले ५१३३ मत प्राप्त गरेकी छिन् भने नेपाली काँग्रेसकी कला भुजेलले ४८४४ मत प्राप्त गरेकी छिन् । त्यसैगरी उपाध्यक्षमै राप्रपाकी मुनादेवी न्यौपानेले १४८६ मत प्राप्त गरेकी छिन् ।
विनयी त्रिवेणी गाउँपालिका १ र २ को अहिले मतगणना चलिरहेको छ भने बाँकी ५ वटा वडाको अन्तिम मत परिणाम आइसकेको छ । विनयी त्रिवेणी यस अघि अध्यक्ष, उपाध्यक्ष दुवै काँग्रेसले जितेकाे क्षेत्र हाे।
वडाध्यक्षका विजयी उम्मेदवारहरु
वडा नं. ३
कृष्ण बहादुर पाण्डे क्षेत्री १२३७
नेपाल कम्युनिष्ट पार्टी एमाले
वडा नं. ४
साहील श्रेष्ठ १९४१
नेपाल कम्युनिष्ट पार्टी एमाले
वडा नं. ५
रन बहादुर झेडी ११२६
नेपाली काँग्रेस
वडा नं. ६
नुरेन्द्र शाह ८१३
नेपाल कम्युनिष्ट पार्टी एमाले
वडा नं. ७
उमेश कार्की ११२७
राष्ट्रिय प्रजातन्त्र पार्टी