नवलपुरः गैडाकोटमा काँग्रेस जित नजिक

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकामा नेपाली काँग्रेस जितको नजिक पुगेको छ ।
१८ वटा वडा रहेको गैडाकोट नगरपालिकामा १६ वटा वडाको अन्तिम मत परिणाम आउँदासम्म नगरप्रमुख उपप्रमुख दुवै पदमा काँग्रेस अगाडि रहेको छ ।
यहाँ काँग्रेस माओवादी गठबन्धन र एमाले राप्रपा गठबन्धन बीच कडा प्रतिप्रर्धा भएको छ ।
१६ वटा वडाको मत अन्तिम मत परिणाम आउँदासम्म नगरप्रमुखमा नेपाली काँग्रेसका मदनभक्त अधिकारी र उपप्रमुखमा काँग्रेसकै शान्ति कोइरालाले अग्रता लिएका छन् ।
नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार मदनभक्त अधिकारीले १४,६५७ मत प्राप्त गरेका छन भने नेकपा एमालेका छत्रराज पौडेलले ११८१० मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसकी शान्ति कोइरालाले १४१०७ मत प्राप्त गरेकी छिन भने राप्रपाका तुलाराम पौडेलले ७९५७ मत प्राप्त गरेका छन् ।
यस्तो छ निर्वाचित वडाध्यक्षहरुको विवरण
१ सुरेन्द्र प्रसाद रेग्मी नेपाली काँग्रेस १४७२
२ प्रकाश सापकोटा नेपाली काँग्रेस १५४२
३ शिवकान्त तिवारी नेपाली काँग्रेस ९१४
४ तेज प्रसाद घिमिरे नेपाली काँग्रेस १०८६
५ रत्न प्रसाद सापकोटा नेपाली काँग्रेस १५६९
६ शुभाष चापागाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) १०१६
७ होमनाथ सापकोटा नेपाली काँग्रेस ७६०
८ प्रेम सापकोटा नेपाली काँग्रेस १०८०
९ धामनाथ सापकोटा नेपाली काँग्रेस ५८९
१० देवी दत्त कंडेल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ९८१
११
१२
१३ मधुकर मल्ल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ६८४
१४ कोकिसरा राना मगर नेपाल कम्युनिष्ट पार्टी (एमाले) १०३१
१५ प्रेम राज तिमल्सेना नेपाली काँग्रेस ६७१
१६ विनोद कुमार मल्ल नेपाली काँग्रेस ४८६
१७ गोपी कंडेल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ३४२
१८ तिल बहादुर चितौरे नेपाली काँग्रेस ६५२