विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी

नवलपुर । विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जित हात पारेको छ ।
अध्यक्षमा एमालेका घनश्याम गिरी ७ हजार ६ सय ५८ मतका साथ विजयी हुनुभएको छ भने कांग्रेसका डम्बर बहादुर जिशिले ७ हजार ५ सय ५९ मत प्रप्त गर्नुभएको छ । गिरी र जिशिको ९९ मतको मतान्तर रहेको छ ।
त्यस्तै उपाध्यक्षमा नेकपा एकालेका भगवती बैदवार ७ हजार ६ सय ७१ मत ल्याएर विजयी हुनुभएको छ भने नेपाली कांग्रेसमा कला भुजेलले ७ हजार ५ सय ८९ मत ल्याउनुभएको छ ।बैदवार र भुजेल बिच ८२ मतको मतान्तर रहेको छ ।
विनयी त्रिवेणी गाउँपालिकामा १८ हजार ८ सय ९० मत गणना गरिएको थियो । ७ वटा वडा रहेको पालिकामा २ वटा वडामा नेपाली कांग्रेसले जित हात पारेको छ भने ४ वटामा नेकपा एमाले र एक वडामा राप्रपा विजयी भएको छ ।