धरानमा रोकियो मतगणना




धरान उपमहानगरपालिकाको मतगणना रोकिएको छ । मतदान अधिकृतको हस्ताक्षर बेगरको १८ वटा मतपत्र भेटिएपछि विवाद हुदाँ मतगणना रोकिएको हो ।

 

१८ वटा मतपत्रमध्ये ११ वटामा माओवादीको उम्मेदवारलाई मत परेको थियो । उक्त वडामा कांग्रेसका पदम बहादुर लिम्बूले ४ मतान्तरले विजयी भएका थिए ।

 




विवाद भएपछि मतपरिणाम सार्वजनिक गरिएको छैन । माओवादी केन्द्रका विजय तामाङ उनको निकटतम प्रतिस्पर्धामा छन् ।

 

दलको नेता तथा उम्मेदवारहरूलाई छलफलका लागि बोलाइएको निर्वाचन अधिकृत गणेश खतिवडाले बताए । माओवादीका कार्यकर्ता भने भने मत सदर हुनु पर्ने अडान राख्दै नारा जुलुस गरिरहेका छन् ।

 

मत गणनामा धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिइरहेका छन् ।

 

 



सम्बन्धित
Loading...