काठमाडौँको मेयरमा अग्रता लिइरहेका बालेन साहलाई पुत्रीलाभ




दुई ठूला दलका उम्मेदवारहरुलाई निकै पछाडि पार्दै काठमाडौँ महानगरपालिकाको मेयरमा अग्रता लिइरहेका बालेन साहलाई पुत्रीलाभ भएको छ । बालेनकी पत्नी सबिना काफ्लेले बिहीबार छोरीलाई जन्म दिएकी हुन् ।

 

काठमाडौँ महानगरपालिका प्रमुखको मतगणनामा बालेनले अग्रता लिइरहेका बेला उनलाई पुत्रीलाभ भएकोमा खुशी व्यक्त गरिएको छ । बालेनका साथीभाइरुले उनलाई शुभ संकेत भन्दै बधाई दिइरहेका छन् ।

 




बालेनको पारिवारिक सदस्यका अनुसार नवजात शिशु र बालेनकी पत्नी सबिनाको स्वास्थ्य अवस्था राम्रो छ ।

 



सम्बन्धित
Loading...