एमालेको विजयी र्याली मनाएर फर्कदै गरेको बोलेरो दुर्घटना, ८ जना घाइते

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा नेकपा एमालेको विजयी जुलुसमा सहभागी भएर फर्कदै गरेको बोलेरो दुर्घटनामा परेर ८ जना घाइते भएको छन् ।
लु ७६४७ नम्बरको बलेरो जिप कावासोती १० को बिजय र्याली मनाएर फर्किने क्रममा कावासोती १५ को केरुङ्गे पुल नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा ८ जना घाइते भएका छन् ।
दुर्घटनामा स्थानीय अर्जुन न्यौपाने, बालकृष्ण ढुंगाना, मोतिराम महतो र लोक बहादुर महतो सामन्य घाइते भएका छन भने मधुसूदन गिरी, ऋषीराम थनेत, नरेश मुखिया र सुर्य बहादुर महतो गम्भीर घाइते भएको कालीगण्डकी नारायणी अस्पतालले जनाएको छ ।
घाइते मध्यका सुर्य बहादुर महतोको अबस्था चिन्ताजनक रहेकोले जटिल रहेकोले उपचारका लागि भरतपुर रिफर गरिएको छ ।
कावासोती नगरपालिका १० को मतगणनाको मत परिणाम आएपछि बिजय र्याली सुरु भएको थियो । विजय र्याली सकिएपछि साउन्ड सिस्टम छोड्न गएको बलेरो दुर्घटना भएको हो । बिजय उत्सब मनाउने बेला घटनाका कारण कावासोती १० का नवनिर्वाचित जनप्रतिनिधि घाइतेहरुलाई भेट्न अस्पताल पुगेका थिए ।