नवलपुरमा एक साईकल यात्री घाइते

नवलपुर । पुर्वी नवलपरासीको गैँडाकोट नगरपालिका वार्ड नं १६ भित्री सडक खण्डमा साइकलबाट लडी एक युवक घाइते भएका छन् ।
पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको साइकल आफै अनियन्त्रित भई पल्टिदा घाइते भएका हुन् ।
घाइते हुने ए. नगरपालिका बस्ने वर्ष १३ का लक्ष्मण परियारलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएको छ भने उनको बायाँ हातमा गहिरो चोट लागेका र सिरियस अवस्था रहेको अस्थाइ प्रहरी पाष्ट बेल्डियाले बताएको छ ।
परियारको अवस्थामा केही सुधार हुदै गएकोे प्रहरीले जनाएको छ ।