नवलपुर:चोरीका समान सहित एक पक्राउ

नवलपुर।
पूर्वी नवलपरासीमा चोरीको समान सहित एकजना पक्राउ परेका छन् ।
नवलपुर प्रहरीका अनुसार गैडाकोट नगरपालिका वडा नम्बर १ जजुवा बस्ने भिम बहादुर अर्जेल क्षेत्रीको घरको ढोका फोडी सुनका गरगहना , घडी, मोवाईल र नगद चोरी गरेको भन्दै एकजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हुप्सेकोट गाउपालिका वडा नम्बर ५ बस्ने २८ वर्षिय जेनिश आले रहेका छन् ।
उनको साथमा प्रहरीले सुन जस्तो देखिने पहेलो धातुको हातका लगाउने बाला १ थान , गेस कम्पनीको घडी १ थान , मोवाईल १ थान र नगद रु ३० हजार ४ सय ९० बरामद गरेको छ ।
दोषीलाई नवलपु्र जिल्ला अदालत नवलपुरबाट ७ दिनको म्याद थपि घटनाको बारेमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।