संसद्‌मा गगनले उठाए ब्युटी पेजेन्टको नाममा बलात्कारको घटना




नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बलात्कार सम्बन्धि कानुनमाथि सरकारले पुनर्विचार गर्नुपर्ने बताए का छन् ।

 

महामन्त्री थापाले शुक्रबारको व्यवस्थापिका संसद्‌मा  ब्युटी पेजेन्टको नाममा बलात्कारको घटनाबारे एक युवतीले बयानले उनको परिवारलाई पनि त्रसित बनाएको बताएका छन् ।

 




उनले भनेका छन्, हिजो साँझ घर जाँदा श्रीमती र स–साना छोरीहरू सामाजिक सञ्जालमा एक नौजवान युवतीले आठ वर्ष अघि आफूमाथि भएको बलात्कारको घटना बताइरहेकी थिइन् । त्यसको प्रतिक्रिया उनीहरुको अनुहारमा परेको, मेरी छोरी डराएको क्षण म यतिबेला सम्झिरहेको छु । ’

 

उनले यो घटनामा अभियोग लागेका व्यक्तिलाई तत्कालै अनुसन्धानको दायरामा ल्याउन अपिलसमेत गरेका छन् । यसका साथै उनले बलात्कारको कानुन विशेषगरी हदम्याद सम्बन्धि विषयका सन्दर्भमा पुनर्विचार गर्नका लागि सरकारलाई निर्देशन दिनुपर्ने पनि बताएका छन् ।

 

यसबारे कुरा गर्दै उनले भने, ‘यो संसदबाट बनाएको बलात्कारसम्बन्धी कानुन, हाम्रो फौजदारी संहिताको विशेषगरी हदम्याद सम्बन्धि विषयका सन्दर्भमा पुनर्विचार गर्नुपर्ने सरकारलाई निर्देशन दिनका लागि सम्माननीय सभामुखलाई हार्दिक अनुरोध गर्न चाहन्छु । ’

 

पछिल्लो समय ‘अल अबाउट द डिवी स्किन’ नामको इन्स्टाग्राम अकाउन्टमा एक युवतीले आफूमाथि ब्युटी पेजेन्टको नाममा बलात्कार भएको खुलासा गरेपछि यसबारे व्यापक चर्चा परिचर्चा भइरहेको छ ।

 



सम्बन्धित
Loading...