यौन हिंसाका पीडकलाई कारवाही गर्न सभामुखद्वारा सरकारलाई निर्देशन


 



sf7df8f}F, # ;fpg . gofF afg]Zj/l:yt ;ª3Lo ;+;b ejgdf cfOtaf/ z’¿ ePsf] k|ltlglw;ef a}7sdf /fi6«klt sfof{noaf6 k|fKt kq k9]/ ;’gfpFb} ;efd’v clUgk|;fb ;fksf]6f . t:jL/ M /Tg >]i7, /f;;

 




सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाबारे पछिल्ला दिनमा सार्वजनिक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै यसका दोषीलाई कानूनी कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा जारी रहेको छलफलकै क्रममा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सभामुखको ध्यानाकर्षण गराएका थिए।

 

सांसद थापाको ध्यानाकर्षणका आधारमा सभामुख सापकोटाले यौन हिंसाका दोषीलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

 

केही वर्ष पहिले एक युवतीलाई मोडलिङका नाममा यौन हिंसा गरेको भन्ने विषय पीडितले नै सार्वजनिक गरेपछि दोषीलाई कारवाही गर्न माग गरिएको छ ।

 

दोषीमाथि कारवाहीको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडिसमेत अधिकारकर्मीले आज प्रदर्शन गरेका छन् । 

 

 



सम्बन्धित
Loading...