परासीः एमालेकाे र्रयालीमा घाइतेकाे निधन

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १२ को वडा अध्यक्ष पदमा बिजयी हासिल गरेका लोकबहादुर चौधरीको विजय जुलुसमा सहभागी एक युवाको मृत्यु भएको छ ।
रामग्राम नगरपालिका वडा नं १२ कसिया बस्ने २४ वर्षिय अनिल सहानी एमालेको विजय जुलुसमा पिकअपबाट खसेर मृत्यु भएको हो ।
तीन दिन पहिले गम्भीर घाइते भई जिल्लाको पृथ्वी चन्द्र अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीन दिने पहिले मृत्यु भएको भए पनि एमालेको विजय जुलुस र सपत ग्रहणमा असर पर्ने भएकोले मृत्य घोषणा नगर्न एमालेले दवाव गरेको तथा यस घटनालाई दवाउने समेत प्रयास भई रहेको स्थानियले गुनासो गरेका छन् ।
हाल मृतक शरीरलाई परिवारले नबुझेकोले पोस्टमार्टम जिल्लाको पृथ्वी चन्द्र अस्पताल परासी भइरहेको तथा यस घटनाबारे थप अनुसन्धानको लागि गाडी र डाइवरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नवलपुर : बेलबारीमा एमालेको विजयी र्यालीमा जाने क्रममा अटो पल्टिदा १६ जना घाईते