समाज हल्लाउने बलात्कारको घटनाविरुद्ध माइतीघरमा पोखियो आक्रोश (भिडिओ)


 



काठमाडौंको माइतीघर मण्डलमा बलात्कारको घटनामा दोषीलाई कारवाही गर्न माग गर्दै प्रदर्शन भएको छ। एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि युवाहरू बलात्कारीलाई कारबाही गर्न भन्दै प्रदर्शनमा उत्रिएका हुन्।

 

प्रदर्शनमा सहभागी नायिका सृष्टि श्रेष्ठ युवतीले गरेको बलात्कार घटनाको खुलासालाई ‘समाज हल्लाउने घटना’का रुपमा चित्रित गर्छिन्। उनी उक्त घटनाका दोषीलाई तत्काल कारवाही हुनुपर्ने पक्षमा छिन्।

 




ती युवतीले इन्टाग्राम मार्फत् सार्वजनिक गरेको भिडिओमा आफू १६ वर्षको हुँदा आजभन्दा ८ वर्षअघि काठमाडौंको एक होटलमा कार्यक्रम आयोजकले बेहोस हुने पेय पदार्थ खुवाएर बलात्कार गरेको बताएकी थिइन्।

 

 

प्रदर्शनकारीहरूले महिला शरीरको वस्तुकरण बन्द गर, इनअफ इज इनअफ वि विल नट टोलोरेट एनिमोर, पुँजीवादी पृत्तिसत्ता मुर्दावादलगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।

 

यसअघि शुक्रबार युवाहरूले बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गरेका थिए। हेर्नुहोस् भिडिओ

 

 



सम्बन्धित
Loading...