‘ब`लात्कारी’ नै म्यादी प्रहरी : टिकटकबाट खुल्यो पोल, बिदाइ समारोहबाट प`क्राउ




काठमाडौँ । ब`लात्कार मुद्दामा अ`दालतबाट जरिवाना र जे`ल सजायको फैसला तोकिएका युवक सुटुक्क म्यादी प्र`हरीमा भर्ना भए । ४० दिनसम्म ड्युटी गरेर बिदाइ हुने बेला बल्ल प्र`हरी अधिकारीहरूले थाहा पाए, उनी ‘ब`लात्कारी’ रहेछन् ।

 

उनी हुन्, झापाको भद्रपुर नगरपालिका–७ घर भएका ३३ वर्षीय कमल प्रसाद पोखरेल । उनी परिवारसँग २०७४ मा उदयपुरबाट बसाइँ सरेर झापामा बस्न थालेका हुन् । जिल्ला प्र`हरी कार्यालय झापामा म्यादी प्र`हरीका लागी आवेदन दिएर उनी छनोट परीक्षा पास भएका थिए ।

 




४० दिनको कार्यकाल सकिएपछि बिदाइ समारोहमा उनीसँगै ड्युटी गरेका प्र`हरीले कमललाई हतकडी लगाए । अहिले उनी जिल्ला प्र`हरी कार्यालय उदयपुरको हिरासतमा छन् ।

 

२०७४  मा उदयपुरमा भएको ब`लात्कारको घ`टनामा अदालतले कमललाई दो`षी ठहर गरेको छ । उदयपुरको ताप्ली गाउँपालिका (साबिक रुपाटार–५) स्थित सानो गहतेमा बाख्रा चराउन गएकी १७ वर्षीया किशोरीलाई कमलले ब`लात्कार गरेको आ`रोप लाग्यो । उनी पनि बस्तु चराउन गएका थिए ।

 

आ`रोपी लागेपछि उनी परिवारसँग त्यहाँबाट बसाई सरेर झापा गएका हुन् ।  झापामा उनको परिवार भद्रपुर नगरपालिका–७ मा बस्दै आएको छ । २०७४ मा प्र`हरीले अ`नुसन्धान सकेर अदालतमा मु`द्दा दर्ता गराएको थियो । मु`द्दा चलिरह्यो । जिल्ला अदालत उदयपुरले २०७७ मङ्सिर २३ मा कमललाई ९ वर्ष कैद १ लाख ज`रिवाना हुने फै`सला गरेको छ ।

 

ब`लात्कार मुद्दामा दोषी ठहर भएपछि प्र`हरी प्रधान कार्यालयको क्रिमिनल रेकर्ड सिस्टममा इन्ट्री गरिएको हुन्छ । तर, म्यादी प्र`हरीमा छनोट गर्दा छनोटमा संलग्न अधिकारीहरूले क्रिमिनल रेकर्ड सिस्टम (सिआरएस)को तथ्याङ्कमा ध्यान दिएनन् ।

 

टिकटकबाट खुल्यो पोल

 

कमल उनका ज्वाइँसँगै म्यादीमा भर्ना भएका थिए । बैनीले टिकटकमा म्यादीको बर्दीमा सजिएको फोटो राखेर लेखे–‘मेरो दाइ म्यादी प्रहरीमा ।’ ती बैनी र ब`लात्कृत किशोरी सामाजिक सञ्जालमा जोडिएका थिए । आफूलाई ब`लात्कार गर्ने युवकको फोटो देखेपछि उनले झापामा प्र`हरीलाई खबर गरिन् । अनि, कमल प`क्राउ गरेका हुन् ।

 

अदालतको फैसला कार्यान्वयनका लागी कमललाई प`क्राउ गरेर जिल्ला प्र`हरी कार्यालय उदयपुरमा पठाइएको झापाका एसपी विश्वमणि पोखरेलले  बताए । उनले भने–‘हामीले प`क्राउ गरेर उदयपुर पठाएका छौँ ।’

 

सम्बन्धित समाचार

अर्की पीडितले ७ वर्ष पछि मुख खोलिन् : प्रधानाध्यापकले दुई वर्षसम्म बलात्कार गरे

८ बर्ष पछि बलात्कार आरोप लागेका मनोज पाण्डे पक्राउ



सम्बन्धित
Loading...