बिरामी बोकेको एम्बुलेन्स दु`र्घटना, तीन जना घा`इते


 



जुम्लामा बिरामी बोकेको एम्बुलेन्स दु`र्घटना भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउँदै गरेको  एम्बुलेन्स  दु`र्घटना भएको हो।

 

जिल्ला प्र`हरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ६ स्थित दाँते ओखरमा क १ झ १५ नम्बरको कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स आइतबार बिहान दु`र्घटना भएको हो ।

 




प्र`हरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार दु`र्घटनामा  तीन जना सामान्य घाइते भएका छन् ।

 

कनकासुन्दरी ६ निवासी दलविरे ऐडी बिरामी भई सदरमुकाम ल्याइँदै गर्दा दु`र्घटना भएको हो  । प्र`हरी निरीक्षक भट्टका अनुसार एम्बुलेन्स सडकबाट १५,२० मिटर तल एम्बुलेन्स खसेको थियो ।

 



सम्बन्धित
Loading...