माछा मा`र्ने क्रममा डु`बेर दुई जनाको मृ`त्यु

अर्घाखाँची जिल्लामा माछा मा`र्ने क्रममा डु`बेर दुई जनाको मृ`त्यु भएको छ। जिल्लाको शीतगङ्गा नगरपालिकामा माछा मा`र्ने क्रममा खोलामा डुबेर दुई जनाको मृ`त्यु भएको प्र`हरीले जनाएको हो ।
शीतगङ्गा नगरपालिका वडा नम्बर ७ र ९ को सिमानामा पर्ने शीतखोलामा माछा मा`र्ने क्रममा डु`बेर प्युठान नौबहिनी गाउँपालिका ८ फोप्लीका ५० वर्षीय नुमाराम घर्ती र १२ वर्षीय शमुलाल घर्तीको ज्यान गएको जिल्ला प्र`हरी कार्यालय अर्घाखाँचीका प्र`हरी नायब उपरीक्षक अम्मरबहादुर थापाले बताए ।
उनीहरू काका भतिज भएको खुलेको प्र`हरीले जनाएको छ । जिल्ला अस्पताल अर्घाखाँचीमा पो`स्टमार्टम गरी उनीहरूको श`व आफन्तको जिम्मा लगाइएको छ । घ`टनाबारे थप अ`नुसन्धान भइरहेको प्र`हरीले जनाएको छ।
सम्बन्धित खबरहरु