बस दुर्घटनामा निधन भएका पाँच जनाकै सनाखत


बझाङकाे बस दुर्घटनामा निधन हुने पाँचै जनाकाे सनाखत भएकाेे छ ।



पाँच जनाकाे घटना स्थलमा नै मृत्यु भएको हाे।

मृत्यु हुनेमा बझाङ जिल्ला केदार स्यँ गाँउपालिका ५ का २५ बर्षिया नरेन्द्र गुर्धामि, साेही गाउपालिकाका ५० बर्षकी कलसि देवी गुर्धामि, ४० बर्षकी हरूलि बाेहरा, तल्काेट गाउपालिकाका ४ का ४४ बर्षिया धन बहादुर घर्ती र भारतकाे विहार घर भएका २५ बर्षिया महाेमद नासिम रहेकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।




कर्णाली रिभरकाे ना छ ख १८३१ नम्बरकाे बस साहुखर्क नजिकै दुर्घटनामा परेकाे थियाे । दुर्घटनामा परी २१ जना घाईते भएका छन् । घाईतेहरूकाे उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भैरहेकाे प्रहरीले जनाएकाे छ ।



सम्बन्धित
Loading...