करेन्ट लागेर १ जनाको मृत्यु


 



मोरङमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ। बेलावारी नगरपालिका– ५ मा करेन्ट लागेर १ जनाको मृत्यु भएको हो।

 

आइतबार दिउँसो साढे २ बजेको समयमा जलजला क्रसर भित्र पार्किङ गरी राखेको टिपरलाई सफा गर्नका लागी डाला उठाउँदा अचानक बिजुलीको तारमा छुन गई करेन्ट लाग्दा टिपरका चालक सुन्दरहरैचा नगरपालिका– ८ सलकपुरका ३० बर्षीय नगेन्द्र कार्कीको घटनास्थलमा नै मृत्यु भएको हो।

 




घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलवारीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

 



सम्बन्धित
Loading...