नवलपुर: लागुऔषध र चोरीका समान सहित दुई पक्राउ




पूर्वी नवलपरासीमा लागुऔषध र चोरीका समान सहित दुई पकाउ परेका छन् ।

नवलपुर प्रहरीका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउपालिका वडा नं. ७ स्थित ब्यारेज पुलमा खटिएको प्रहरी चेकिङ्ग टोलीले सवारी साधनहरु चेकजाच गर्ने क्रममा दुईलाई पक्राउ गरिएको हो ।




पक्राउ पर्नेमा ललितपुर जिल्ला को ललितपुर महानगरपालिका वडा नं. १४ बस्ने २३ वषिय अमिर थापा र चितवन जिल्ला रत्ननगर घर भई हाल ललितपुर महानगरपालिका वडा नं. १४ बस्ने २३ वर्षिय मनोज वाईवा रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाटस्पास्मा प्रोक्सिभन २६ क्यापसुल, नाईट्रोसन १० लेखिएको १४ ट्याबलेट, स्पान पेन ३ ट्याबलेट नामक लागुऔषध बरामद गरको छ ।

साथै ललितपुर महानगरपालिका वडा नं. १४ सोभाहिडी धाराबाट चोरी भएको नगद रु १,१६,७७५ , मोवाईल सेटहरु ७ थान, एउटा करुवा र ल्यापटप समेत उनीहरुका साथबाट फेला पारेको प्रहरीले बताएको छ ।

घटनाको आरोपीतहरु अहिले प्रहरी हिरासतमा रहेको र थप अनुसन्धान कार्य भईरहेको नवलपुर प्रहरीले जानकारी दिएको छ ।

 



सम्बन्धित
Loading...