भरतपुरमा मेयर–उपमेयर जित्ने सुनिश्चित भएपछि पाँच दलीय गठबन्धनको भोलि विजय र्याली निकाल्ने तयारी

चितवन । भरततपुर महानगरमा मेयर–उपमेयर गठबन्धनले जित्ने सुनिश्चित भएपछि भोलि भरतपुरमा पाँच दलीय गठबन्धनले वृहत विजय र्याली निकाल्ने तयारी गरेको छ ।
महानगरको मेयरमा माओवादी र उपमेयरमा कांग्रेसको जित्ने सुनिश्चित भएपछि भोलि बिहान १० बजे र्याली निकाल्ने तयारी गरिएको पाँच दलीय गठबन्धन चितवनका संयोजक कांग्रेस सभापति राजेश्वर खनाल जानकारी दिनुभयो ।
मंगलबार बिहान सपथग्रहणको कार्यक्रम सकिए लगत्तै विजय र्याली निकालिने योजनामा कांग्रेस, माओवादी, एकिकृत समाजवादी पार्टीका जिल्ला समितिहरुले तयारी गरेका छन् ।