मिठाइ दिने लाेभमा १२ बर्षीया बालिकालाई ५९ वर्षीय पुरूषले गरे बला’त्कार


 




रूपन्देहीको बुटवलमा १२ वर्षीया बालिका बला’त्कृत भएकी छन्। मिठाइ खान दिने लोभमा फकाइफुलाई सो बालिकालाई बला’त्कार गरेका हुन् ।

 

बलात्कार गरेको अभियोगमा प्रहरीले आइतबार साँझ बुटवलका ५९ वर्षीय पुरूषलाई प’क्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले रंगशालानजिकै तिनाउ नदीको किनारबाट बलात्कारमा संलग्न पुरुषलाई पक्राउ गरिएको जानकारी दिए।


पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका ११ रंगशाला बरने ५९ वर्षीय रुकनाथ ढकालका रहेका छन्।

 

उनलाई आइतबार साँझ ने घटनास्थलबाटै पक्राउ गरिएको र सोमबार अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।

ढकालले मिठा’इ खान दिने लोभमा फकाइफुलाई गरी बुटवल ११ देवीनगरस्थित रंगशाला नजिकै लगेर बालिकालाई बलात्कार गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

ढकालले बालिकालाई मिठाई दिने प्रलोभन देखाएर पटक-पटक बला’त्कार गरेको बताइएको छ।

 



सम्बन्धित
Loading...