नवलपुर: २२९ एम्पुल लागुऔषध सहित दुई पक्राउ




 

पूर्वी नवलपरासीमा लागुऔषध सहित दुईजना पक्राउ परेका छन् ।

 




नवलपुर प्रहरीका अनुसार नवलपरासीको बिनयी त्रिवेणी गाउपालिका वडा नं. २ दाउन्ने स्थित राजमार्ग सडक खण्डमा प्रहरीद्वारा सवारी साधन चेकजाच गर्ने क्रममा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।

 

प्रहरीले चेकजाच गर्ने क्रममा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको लु २१ प् ८३३७ नं.को मोटरसाईकलमा सवार चितवनको भरतपुर महानगरपालिका वडा नं. ८ बस्ने ३२ वर्षिय मोटरसाईकल चालक लक्ष्मण भट्ट र सोही मोटरसाईकलमा सवार पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. ९ बस्ने २५ वर्षिय निशान दर्जी (परियार) लाई पक्राउ गरेको हो ।

 

प्रहरीले उनीहरुको साथमा डाईजापाम ७२ एम्पुल, फेनारगन ७ड एम्पुल र नुर्फिन ७८ एम्पुल गरी जम्मा २२९ एम्पुल लागुऔषध फेला पारेको हो ।

 

घटनामा आरोपीहरु अहिले प्रहरी हिरासतमा रहेको र लागुऔषध दुरुपयोग मुद्दामा अनुसन्धान भई रहेको नवलपुर प्रहरीले बताएको छ ।

 



सम्बन्धित
Loading...