काठमाडौँको नैकपामा धुर्वको मृत्यु


काठमाडौँ, १० जेठ । काठमाडौँको नैकपामा टूध बोक्ने गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा ध्रुवप्रसाद रेग्मी रहेका छन् ।



प्रहरीका अनुसार नैकाप–१४ स्थित भित्री सडकमा मंगलबार बिहान ५ बजे धादिङको ज्वालामुखी गाउँपालिका–५ बस्ने २२ वर्षीय मानबहादुर दुवाडीले चलाएको दूध बोक्ने बा प्र ०१–०२६ च २१५१ नम्बरको गाडीले रेग्मीलाई ठक्कर दिएको थियो ।

घाइते रेग्मीलाई उपचारलाई अस्पतालमा लैजाँदा ६ बजे मृत घोषणा गरिएको थियो । प्रहरीले गाडी चालक र गाडीलाई नियन्त्रणमा लिएको छ ।




टिपरको ठक्करबाट एक वृद्धको मृत्यु, जिल्लाको गौरीशंकर गाउँपालिका–७ खानिगाउँमा टिपरको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गौरीशंकरका अनुसार सोमबार साँझ गुरुम्फिबाट खानिगाउँतर्फ जाँदै गरेको बा ५ ख ३११७ नम्बरको टिपरले पैदलयात्री स्थानीय ७० वर्षीय लाल बहादुर वि.क.लाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा संलग्न टिपर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...