आफूले पाउने सेवा–सुविधाबाट एक जनालाई एमबीबीएस पढाउँछु : गाउँपालिका अध्यक्ष राई


साेलुखुम्बु – सोलुखम्बुको थुलुङ दुधकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष असिम राईले आफूले सरकारबाट पाउने सेवा–सुविधाबाट पालिकाभित्रको एक जना जेहेनदार विद्यार्थीलाई एमबीबीएस पढाउने घोषणा गर्नुभएको छ ।



गाउँपालिकाको अध्यक्षका रूपमा आज शुक्रवार दाेस्राे कार्यकालको पदभार ग्रहण गर्दै अध्यक्ष राईले आफूलाई प्राप्त हुने सबै सेवा–सुविधा पालिकाभित्रका गरिब तथा जेहेनदार एक जना विद्यार्थीलाई एमबीबीएस पढाउन खर्च गर्ने घोषणा गर्नुभएको हो ।

यस्तै उहाँले कार्यभार सम्हालेपछि गाउँपालिकामा वातावरणमैत्री विद्युतीय बस सञ्चालन गर्ने र त्यसका लागि चार्जिङ स्टेशन बनाउने निर्णय पनि गर्नुभएको छ ।




यस्तै उहाँले कार्यभार सम्हालेपछि गाउँपालिकामा वातावरणमैत्री विद्युतीय बस सञ्चालन गर्ने र त्यसका लागि चार्जिङ स्टेशन बनाउने निर्णय पनि गर्नुभएको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाे र वातावरणलाई समेत प्रदूषित बनाएको भन्दै अध्यक्ष राईले अबको कार्यकालको पहिलो काम नै विद्युतीय गाडी सञ्चालनलाई जोड दिइने बताउनुभयो ।

गाउँपालिकको सबै वडा तथा टोलमा सडक विस्तार भइसकेकाले विद्युतीय बस सञ्चालनका लागि आफूहरू तयार रहेको उहाँले बताउनुभयो ।

 



सम्बन्धित
Loading...