ज`बरजस्ती क`रणी मु`द्दामा फरार चिनियाँ नागरिक काठमाडौंबाट प`क्राउ




काठमाडौं । ज`बरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी चि`निया नागरिक ४५ वर्षीय लि छेनलाई सोमबार प्र`हरीले प`क्राउ गरेको छ ।

 

प`क्राउ परेका चिनियाँ नागरिक चन्द्रागिरि नगरपालिका–३ टोटीटोलस्थित जेनजोङग मेशिनरी म्यानुफ्याक्चरीङ कम्पनी प्रालिका संचालक हुन् ।

 




उनले २०७८ फागुन २६ गते दिउँसो आफ्नै कम्पनिको अफिस कोठाभित्र २३ वर्षीया महिलालाई कोही नभएको मौका पारी ज`बरजस्ती क`रणी गर्न खोजेको भन्ने जाहेरी प्रह`री वृत्त थानकोटमा परेको थियो ।

 

जिल्ला अदालत काठमाडौंले २०७८ फागुन २९ गते ती चि`नियाँ नागरिकलाई प`क्राउ गर्न आदेश दिएको थियो ।उनीमाथि प्र`हरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको छ ।

 



सम्बन्धित
Loading...