आगामी २ वर्षभित्र सुकुम्बासी र अव्यवस्थित बसोबास समाधान गरिने


 



सरकारले आगामी २ वर्षभित्र सुकुम्बासी,भुमिहिन र अव्यवस्थित बसोवासलाई समाधान गरिने भएको छ।

 




आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गर्दै राष्ट्रपतिले मुलुकभरका सुकुम्बासी र अव्यवस्थित बसोवासलाई व्यवस्थित गरिने बताएकी हुन् ।

 

विपन्न परिवारलाई संरक्षण गरेर गरिबीको दुष्चक्रबाट बाहिर ल्याउने नीति अख्तियार गरिने भएको छ।

 

बाँकी भएका मुत्त कमैया, हलिया, कमलरी र हरुवा चरुवा मुक्त गर्न तीन तहका सरकारले समन्वय गरेर उत्पादन र रोजगारी क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने भएको छ ।

 

 



सम्बन्धित
Loading...