सामुदायिक विद्यालयमा अब कक्षा ८ सम्म दिवा खाजा




सरकारले विद्यालय दिवा खाजा कार्यक्रम अब कक्षा ८ सम्म विस्तार गर्ने भएको छ ।

आगामी आर्थिक वर्षदेखि यस्तो नीति कार्यान्वयनमा आउने भएको छ । अहिले कक्षा ५ सम्म मात्र विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालनमा छ ।

 




सरकारले आगामी वर्ष अधिकतम स्कुलमा न्यूनतम पूर्वाधार निर्माणको काम सक्ने समेत बताएको छ । विद्यार्थी र शिक्षकबीचको अनुपात मिलाउने समेत सरकारको घोषणा छ ।

 

प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाइने

 

सरकारले आगामी आर्थिक वर्षदेखि प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रिय रंगशाला निर्माणको कामलाई अघि बढाउने जनाएको छ । मंगलबार संघीय संसदमा राष्ट्रपति विद्या भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा प्रत्येक प्रदेशमा प्रशिक्षण सुविधासहितको रंगशाला बनाउने नीति लिइएको हो ।

 

गैँडाकोटमा विपि कोइराला अन्तर्राष्‍ट्रिय खेल मैदान निर्माण गर्ने जनाएको छ । यस्तै सबै स्थानीय तहमा खेल मैदान निर्माण गर्दै लैजाने नीति लिइने जनाइएको छ । यस्तै खेलकुद तालिम दिँदै जाने र खेलकुद विश्वविद्यालयको सम्भाव्यता अध्ययन गर्ने जनाइको छ । यस्तै भरतपुरमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको काम पूरा गर्न समन्वय र सहजीकरण गरिने जनाइएको छ ।

 



सम्बन्धित
Loading...