‘कलेज फी’ मिनाहा गरेर यौन दुर्व्यवहारको घटना थामथुम पार्ने प्रयास




काठमाडाैंको सेन्ट लरेन्स कलेजमा अध्ययनरत एक विद्यार्थीमाथि शिक्षकबाटै यौन दुर्व्यवहार भएपछि विद्यार्थीहरुले आन्दोलन गरेका छन् । सो कलेजमा सामाजिक विषय पढाउने शिक्षक जनार्दन अधिकारीले कक्षा ११ मा पढ्ने छात्रालाई दुर्व्यवहार गरेपछि उनीहरुले सुरुमा कलेज र त्यसपछि दोषीमाथि कारवाहीको माग गर्दै प्रहरी वृत्त गौशाला घेराउ गरेका हुन् ।

 

यौन दुर्व्यवहारको घटनाबारे जानकारी गराउँदा पनि कलेज प्रशासनले पीडितको फी मिनाहा गरेर दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै विद्यार्थीले आक्रोश पोखेका छन् । पीडकलाई कारवाही नगरी संरक्षण गर्न खोजेको भन्दै विद्यार्थीले केही समय अगाडिको घटना सार्वजनिक गरेका हुन् । खासमा भएको के थियो, दुई विद्यार्थीको शब्दमा
शिक्षकले ‘विल यु बि माई सेक्स पार्टनर ?’ भनेः सम्झना एकवाल




सेन्टर लरेन्स कलेजमा पढ्ने पीडित किशोरीकी सहपाठी सम्झाना एकवालका अनुसार उक्त कलेजमा कोअर्डिनेटरसमेत रहेका सामाजिक विषयका शिक्षक जनार्दन अधिकारीले विद्यार्थीलाई पटकपटक यौन दुर्व्यवहार गरेको र अति भएपछि अहिले बाहिर आएको बताएकी छिन् । सम्झनाको शब्दमा घटनाको बेलिबिस्तार यस्तो छः

कलेजमा को–अर्डिनेटर रहेका जनार्दन अधिकारीले कक्षा ११ मा एचएम (होटल म्यानेज्मेण्ट) पढ्ने एकजना विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको रहेछ । उसले त्यो विद्यार्थीलाई मैले श्रीमतीसँग बिहे गरेको ३ महिनासम्म यौन सम्पर्क राख्दा मात्र रमाइलो भयो,त्यसपछि भएन । विल यु बि माई सेक्स पार्टनर ? तिम्रो घर एकदम टाढा छ, तिमीलाई मेरै कोठामा राख्छु, तिमीले कोठा भाडा पनि तिर्नु पर्दैन, कलेजको फी, बसको भाडा पनि दिनुपर्दैन । तर तिमी चाहिँ मेरो सेक्स पार्टनर बन ल भनेर प्रस्ताव गरेको रहेछ ।

 

सेन्ट लरेन्समा ‘यौन दुव्र्यवहार’ प्रकरण : दुई शिक्षकलाई ५ दिन हिरासतमा राख्न अनुमती

 

चावहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका दुई शिक्षकलाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । विद्यार्थीले आन्दोलन चर्काएपछि मंगलबार प्रहरी वृत गौशालाले क्याम्पसका कोअर्डीनेटर काभ्रे घर भएका जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पक्राउ गरेको थियो ।

आरोपीहरुलाई जिल्ला अदालत काठमाडौंले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमती दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । शिक्षकहरु विरुद्ध ३ जना छात्राले बाल यौन दुव्र्यवहार गरेको कसुरमा जाहेरी दिएका छन् । जाहेरी दिनेमा कक्षा ११ र १२ अध्ययनरत छात्रा छन् ।

आरोपीले विद्यार्थीहरुलाई अनैतिक रुपमा छुने तथा आफ्नै घरमा बस्न र यौन सम्पर्कको प्रस्ताव गरेको छात्राहरुको आरोप छ । पटक–पटक क्याम्पस व्यवस्थापनलाई घटनाबारे जानकारी दिँदा सुनुवाई नभएको र भित्रभित्रै मिलाउने प्रयास भएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका हुन् ।



सम्बन्धित
Loading...