१५ वर्षीया बालिका जबरजस्ती करणी अभियोगमा युवक पक्राउ


 



१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले झापा अर्जुन धाराबाट एक युवकलाई पक्राउ गरेको छ ।

 




अर्जुनधारा नगरपालिका–६  पूर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

 

भुजेलले ती बालिकालाई बिभिन्न प्रलोभन देखाई आफ्नो घरमा लगि पटक–पटक करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ

 



सम्बन्धित
Loading...