मूल्यवृद्धिको विरुद्ध तोडफोडमा उत्रिए जनता, काठमाडौंमा दुई वटा सरकारी गाडी तोडफोड


 



देउवा सरकारले जनसर्वसाधारणको दैनिकी चल्नै नसक्ने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि र बाजार भाउ अच्चाक्ली बढेपछि जनताले ठाउँ ठाउँबाट आक्रोश पोख्न थालेका छन् ।

 

 

प्राप्त सूचना अनुसार चाबहिल चलचित्र विकास बोर्ड राजस्व विभाग नजिकैको पुल र गौरीघाटमा दुईवटा सरकारी गाडीमा तोडफोड गरिएको छ ।

 




प्राप्त जानकारी अनुसार सो गाडी आपूर्ती मन्त्रालयको भएको बुझिएको छ । मूल्यवृद्धिका विरुद्ध सडकमा उत्रिएका आक्रोशित जनताको एक समूहले ती गाडिहरुमा तोडफोड गरिएको स्रोतको दाबी छ ।

 



सम्बन्धित
Loading...