चट्याङ लागेर २ जनाको मृ’त्यु, ३ जना घा’इते


 



लुम्बिनी प्रदेशमा छुट्टाछुट्टै ठाउँमा चट्याङ लागेर दुई जनाको मृ’त्यु भएको छ ।

 

कपिलवस्तु र गुल्मीमा चट्याङ लागेर दुई जनाको मृ’त्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–६ पिरी बस्ने ७ वर्षीया रिजवन महमदको चट्याङ लागेर मृ’त्यु भएको छ ।

 




चट्याङ पर्दा गम्भीर घाइते भएका रिजवानको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृ’त्यु भएको हो।

 

चट्याङ लागेर घा’इते भएका सोही ठाउँ बस्ने ३० वर्षीय नुरमहमद लगायत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 

यस्तै गुल्मी जिल्लाको मदाने गाउँपालिका–४ म्यालपोखरी बस्ने ४५ वर्षीया राधिका भट्टराईको पनि चट्याङ लागेर मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...