राजनीति गर्ने शिक्षकलाई मेयरको अल्टिमेटम कि स्कूल छोड कि राजनीति




बर्दियाको राजापुर नगरपालिकाले पालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई कुनै पनि राजनीतिक दलको जिम्मेवारीमा रहे तत्काल राजीनामा दिन आग्रह गरेको छ ।

 

नवनिर्वाचित मेयर दिपेश थारुले पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयका शिक्षक कर्मचारीलाई यस्तो जिम्मेवारी रहेका सबैलाई सात दिनभित्र राजीनामा दिइ त्यसको विवरण कार्यालयमा पेस गर्न सबै विद्यालयलाई पत्राचार गसिकेका छन् ।

 




सो पत्रमा शिक्षा ऐन २०२८ (संशोधनसहित)को दफा १६ (ङ)को उपदफा ५ को ६ मा उल्लेखित व्यवस्था उल्लंघन गरी कनै दलको कार्यकारिणी पदमा रही विद्यालयको पठनपाठनमा प्रभावित हुने आचारणमा नपर्न सबैलाई आग्रह गरिएको छ ।

 

९ प्रतिशत बालबालिकामा कुपोषण

 

काभ्रे जिल्लामा करिब २ हजार बालबालिकामा पोषणको अवस्था जाँच गर्दा करिब ९ प्रतिशमा कुपोषण देखिएको छ ।

एक महिनाको अवधिमा १ हजार ९९३ जना बालबालिकाको पोषणको अवस्था जाँच गर्दा १ सय ७३ जना कुपोषित भेटिएका हुन् । जसमध्ये १४ जना अर्थात शुन्य दशमलव ७ प्रतिशतमा कडा खालको कुपोषण देखा परेको छ भने १ सय ५९ जना अर्थात ७ दशमलव ९५ प्रतिशत बालबालिकामा मध्यम खालको कुपोषण देखिएको छ ।

 

काभ्रेमा नमुना परियोजनाको रुपमा १३ वटै पालिकाका ६ महिनादेखी ५९ महिनासम्मका बालबालिकामा पोषण जाँच थालिएको छ ।

३६ हजार ३१९ बालबालिकाको सवास्थ्य जाँच गर्ने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर पुरुषोत्तम सेढाइले बताउनुभयो । उहाँका अनुसार सरल प्रविधिबाट बच्चाको पाखुरामा टेपको माध्यमबाट जाँचेर कुपोषण भए÷नभएको पत्ता लगाइन्छ ।

 

यस्तै, कुपोषित बच्चको कामालाई तथा परिवारको सदस्यलाई समेत यसबारे तालिम दिइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले नगरपालिकासँगको समन्यमा निशुल्क पोषणयुक्त खाद्यान्न उपलब्ध गराउँदै आएको धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सन्दिप केसीले जानकारी दिनुभयो । सरल विधि, कम खर्चिलो हुनुका साथै यसले स्वास्थ्य शिक्षा समेत प्रदान गर्ने भएकाले यो कार्यक्रम प्रभावकारी समेत देखिएको छ ।

 

कमजोर आर्थिक अवस्था, अस्वस्थ आमा, परिवार संख्या, बेरोजगारी, कामको प्रकृति लगायतले पोषणको अवस्थामा परिवर्तन ल्याउने जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर सेढाइले बताउनुभएको छ । समयमै कुपोषित बालबालिका पहिचान हुँदा अन्य रोगको संक्रमण कम हुने उहाँले बताउनुभयो ।

 

 



सम्बन्धित
Loading...