पोखराको अँध्यारो कोठामा भेटियो अचम्मका आमा छोरा, छोराले बजाउने आमा गायर रुने गरेर चलेको दुखको जीवन(भिडियो)


पोखराको एउटा सानो कोठाभीत्र आमा छोरा र एक छोरी गरेर ३ जनाको परीवार बस्दै आयको रहेछ। हामीले जे थाहा पायर पोखराको यात्रा तय गरेका थियौ त्यो भन्दा धेरै गुणा राम्रो प्रतिभा तेही एउटा अध्यारो कोठा भित्र भेटाउन पुग्यौं। गित गायर राम्रो गायिका बन्ने सपना सानै देखी थियो आमा सान्ता पोखरेलको तर मनले सोचेजस्तो पुर्याउन उनको जिबनमा पक्कै पनि सहज थियन।



श्रीमान बिदेशमा, धेरै वर्ष सम्म छोराछोरी बिरामी भयर बल्लतल्ल निको गराईन सान्ताले अब खुसीका दिन आयकि भनेर लामो सास नफेर्दै उनलाई पनि मुटुको बिरामीले नराम्ररी च्याप्न थाल्यो। बेला बेला बेहोस भयर ढल्दाखेरी धेरैले धेरै किसीमका कुरा काटेका हुन्थे रे अनि उनले तिनै साना छोराछोरीलाई काखमा च्यापेर धुरुधुरु रुने गरेका उनका ति बिगतका काला दिनहरुलाई रुदै-रुदै बताउदै गईन।

मुटुमा प्वाल गरेकै कारण सान्ताले अप्रेसन समेत गर्न पर्ने भयो अनि जनतन अप्रेसन गराईन तर अप्रेसन पछि पनि कुरा काट्नेको मुख थुनियन फेरी सान्तालाई अप्रेसन गरेको १० बर्ष भित्र मरिन्छ भन्दै धेरै कुराहरु सुनाउथे अनि भक्कानिदै छोराछोरी को मुख हेरेर चित्त बुझाउथिन सान्ताले। यसरी बिरामीकै कारण पनि श्रीमान् बिदेशमै रहेर कमायको सबै पैसा सकियो सम्पत्ति पनि सकियो र अहिले मन भुलाउने बाटो तिनै छोरा छोरी र दुखका गितहरु गाउने क्षमता बाहेक सान्ता संग केहि नरहेको कुरा हामीलाई बताउन थालिन।




प्रतिभा भयपनी अहिले सानै देखीको इक्षा अनि सपना पुरा गर्नलाई धेरै पैसा लाग्ने कुरा सान्ताले थाहा पाईन अनि अधुरै रहने भयो सान्ताको गायिका बन्ने सपना र छोराछोरी लाई राम्रो सिक्षा दिने सपना पनि। त्यसैले अहिले गायिका बन्ने सपना लाई एउटा अध्यारो कोठामा छोरालाई सारंगी, गितार हार्मुनियम बजाउन लगायर आफुले धोको फेरेरै दुखका गितहरु गाउने गरेकी हुन्छिन सान्ताले।

उनलाई इन्द्रेणी भन्ने पनि राम्रो संग थाहा छ सधै हेरिरहन्छिन इन्द्रेणी कार्यक्रम त्यहि कोठामा बसेर तर मलाई त्यो ठाउमा कसले पुर्याउला भन्दा भन्दै उनको आधा उमेर पनि यसै सकियो। उनका लुकेका सपना अनि कुकेका प्रतिभालाई माथि पुर्याउन सकिन्छ कि भनेर हामी गयपछि उनले इन्द्रेणी पुगेपछिको कल्पनाहरु यसरी सुनाउन थालिन अनि इन्द्रेणी गयर कृष्ण कंडेललाई झम्टेर रुन्थे होला भन्दै मनमा गुम्सियका कुरा संगै उनका मनका केहि कल्पनाहरुलाई यसरी ब्यक्त गर्न लागिन। त्यसैले यी आमा छोराको यो प्रतिभालाई दर्शक श्रोताको धेरै साथ् मिल्ने छ भन्ने आशा लियर आज तल एउटा भिडियो पोखराको उनै आमा छोरा बस्ने कोठाबाट प्रस्तुत गर्दै छौं। बाकि पुरा भिडियो तल हेर्नुहोस।

 



सम्बन्धित
Loading...