दैलेख बस दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो


 



कालीकोटबाट सुर्खेत जाँदै गरेको बस दुर्घटनामा मृत्यु भएका ४ जनाको पहिचान खुलेको छ ।

 

बुधबार कालिकोटबाट नेपालगन्ज जाँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका–२ सिस्नेस्थित कर्णाली राजमार्गमा दुर्घटना परेको थियो ।

 




दुर्घटनामा दैलेख दुल्लु नगरपालिका–९ का ३६ वर्षीय काशीराम पाण्डे, प्रेम सुनार, कालीकोट पलाँता गाउँपालिका–३ का ३५ वर्षीया ज्ञानबहादुर बम र ५५ वर्षीया धनकला शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

 

घाइतेहरूको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बसमा ६० जना यात्रु थिए ।

 



सम्बन्धित
Loading...