घर नजिकै हो–होल्ला भएपछि गएर सम्झाउन खोज्दा राईमाथि हातपात


 



पूर्व सांसद टंक राईमाथि हातपात भएको छ।

 

माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष समेत रहेका राईमाथि बुधबार राति आफ्नै गाउँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा हातपात भएको हो।

 




स्थानीय पूर्ण राईले मादक पदार्थ सेवन गरेको अवस्थामा राति साढे ९ बजे कठालो समाएर आक्रमण गरेको पूर्वसांसद राईको भनाई छ। खाना खाएर सुत्ने तरखर गरिरहेका बेला नजिकै हो–होल्ला भएपछि गएर सम्झाउन खोज्दा राईमाथि हात हालिएको हो।

 

हातपात हुन थालेपछि छुट्ट्याउने क्रममा लछारपछार हुँदा पूर्णको टाउकोमा चोट लागेको छ।

 

माओवादी नेता तथा कार्यकर्ताले भने निर्वाचन परिणामलाई लिएर पूर्वसांसदमाथि आक्रमण भएको दाबी गरेका छन्। आरोपित राईमाथि पालिकातहको चुनावमा विजय जुलुस निकालिरहेको अवस्थामा बोत्तल हानेको आरोप छ।

 



सम्बन्धित
Loading...