सलमान खान नेपाल नआउने भएपछी आयोजकको तीन करोडभन्दा बढि रकम स्वाहा !
काठमाडौं। भारतीय अभिनेता सलमान खान यही जेठ १४ गते काठमाडौं आउने कार्यक्रम तय भएको थियो ।तर, अन्तिम समयमा आएर उनको कार्यक्रम स्थगित् भएको जानकारी आएको छ । सलमानका नेपालथित् फ्यान अहिले निराश छन् ।
खान काठमाडौंमा प्रस्तुत गर्ने भनिएको कन्सर्टमा सहभागी हुन नेपाल आउने चर्चा थियो ।उनको नेपाल आगमनको लागि नेपाल सरकारका पर्यटनमन्त्री प्रेम आले नै सक्रिय भएका थिए । उनीहरुबीच फोन भिडिओमार्फत कुराकानी पनि भएको थियो ।
सलमानको काठमाडौंमा हुने भनिएको कार्यक्रमको आवश्यक तयारीका लागि उनका भाइसमेत काठमाडौं आएका थिए । उनले पनि पर्यटनमन्त्री आलेसँग भेटवार्ता गरेका थिए । दबंग टुर रिलोडेडका लागि सलमान ओडीसी इन्टरटेनमेन्टको आयोजनामा हुने कार्यक्रमका लागि नेपाल ल्याउने भनिएको थियो ।
तर, सलमान सहभागी हुने कार्यक्रमको टिकट पनि उत्साहजनक रुपमा वितरण नभएको बुझिएको छ । अहिलेसम्म ७ लाख रुपैयाँको मात्रै टिकट वितरण भएको स्रोतको दाबी छ ।
कार्यक्रम केरकति कारणले स्थागित भएको हो भन्नेबारे आयोजकले आधिकारिक रुपमा जानकारी नदिएपनि उनी सहभागी कार्यक्रममा टिकट राम्रोसँग विक्रि नहुनु, कार्यक्रमको लागि नेपाल ल्याउने भनिएको सामान भन्सारमा रोकिनु आदी रहेको बुझिएको छ ।
आयोजकले सलमान सहभागी हुने उक्त कार्यक्रमबाट ८ देखि ९ करोड रुपैयाँ उठ्ने विश्वास लिएको थियो । उक्त कार्यक्रमको प्रचारप्रसारको लागि आयोजकले अहिलेसम्म २ करोड रुपैयाँ खर्च गरिसकेको पनि बुझिएको छ ।
आयोजकले सलमानलाई ४ करोड ४० लाख खर्चिएर नेपाल ल्याउन लागेको थियो । त्यसवापत आयोजकले खानलाई ३ करोड ८० लाख रुपैयाँ अग्रिम भुक्तानी गरिसकेको आयोजक संस्थाका एक सदस्यले जनाए ।