बाबुलाई डोरीले बाँधेर आँखा अगाडि बालिका छोरीको सामूहिक बला”त्कार
बला”त्कार सम्बन्धि एक क्रूर घ”टना बाहिर आएको छ । बिहीबार पाकिस्तान, पन्जाब प्रान्तको पट्टोकीमा एक १५ वर्षीया बालिकालाई उनको बुबाको अगाडि बला”त्कार गरिएको हो । पाकिस्तानको एआरवाई न्यूजका अनुसार बला”त्कार पी”डित बालिकाका बुबा जहुर अहमद आफ्नी छोरी र पाँच वर्षीय छोरासँग विवाह समारोहमा गएर घर फर्किंदै हुनुहुन्थ्यो ।
त्यसबीच पट्टोकी–चुनियाँ बाइपासमा डाँकाले रोकेका थिए । बाबुका अनुसार डाँकाहरूले उहाँलाई खेतमा लगेर डो’रीले बाँधेर आँखा अगाडि नै छोरीलाई बला”त्कार गरेका हुन् ।तर पछि, केही छेउछाउका मानिसहरूलाई देखेपछि तिनीहरू डराए र आफ्नो मोटरसाइकल छोडेर भागेका थिए ।
घ”टनाको जानकारी पाएलगत्तै सदरका प्रहरी अधिकारीहरू घ”टनास्थलमा पुगेर ती व्यक्ति, उनकी छोरी र छोरालाई अस्पताल पुर्याए । यसैबीच, पञ्जाबका आईजीले यस विषयमा ध्यानाकर्षण भएको बताएका छन् । आरपीओ शेखुपुराबाट विस्तृत प्रतिवेदन माग्दै दो’षीलाई तुरुन्त पक्राउ गर्न निर्देशन दिइएको छ । डीपीओलाई पी’डित बालिकाको परिवारसँग सम्पर्कमा रहन भनिएको छ ।
अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण गर्दा उनीमाथि बला”त्कार भएको खुलेको छ । त्यसपछि प्र’हरीले अपरिचित व्यक्ति विरुद्ध डकैती र जबर”जस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ ।